Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

लालबन्दी नगरपालिकामा व्यवसाय दर्ता तथा नवीकरण गर्नेकाे संख्या न्यून

लालबन्दी नगरपालिकामा व्यवसाय दर्ता तथा नवीकरण गर्नेकाे संख्या न्यून

  • 282
    SHARES
  • लालबन्दी नगरपालिकामा व्यवसाय दर्ता तथा नवीकरण गर्नेकाे संख्या न्यून

    सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा व्यवसाय दर्ता तथा नवीकरण गर्नेको संख्यामा सुधार हुन सकेको छैन ।

    जुनसुकै व्यवसाय बिना दर्ता तथा नवीकरण नगरी सञ्चालन गर्न नगरपालिकाले कडाइ गरेको भएपनि नगरभित्रका व्यापार, व्यवसाय दर्ता तथा नवीकरण गर्ने काम सुस्त देखिएका लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले जानकारी दिए ।

    उनका अनुसार नगरपालिकामा व्यवसाय दर्ता तथा नवीकरण गर्दा दिगो आयस्रोत हुने र यसले राष्ट्रिय राजस्वमा भूमिका खेल्ने भएपनि नगरपालिकाभित्रका व्यापार, व्यवसाय दर्ता तथा नवीकरण गर्ने काममा सुस्त देखिएका हुन ।

    आर्थिक वर्ष २०७३/०७४ देखि हालसम्म दुई हजार दुई वटा व्यवसाय दर्ता तथा नवीकरण भएकोमा चालु आव २०७९/०८० को वैशाख १८ गतेसम्म एक सय दुई वटा व्यापार, व्यवसाय दर्ता तथा नवीकरण भएका नगरपालिकाको तथ्यांकले देखाएको छ ।

    व्यवसाय दर्ता तथा नवीकरणलाई प्रभावकारी बनाउन अहिले नगरपालिकाले काम गरिरहेको भएपनि व्यापारी यसतर्फ सुस्त देखिएको नगरपालिकाले जनाएको छ ।

    व्यवसाय दर्ताको संख्या बढाउने, करको दायरामा ल्याउने र राजस्व संकलनमा वृद्धि गर्ने योजना नगरपालिकाले बनाएको छ । तर, घरेलु तथा साना उद्योग कार्यालय र उद्योग वाणिज्य संघको झन्झटिलो प्रक्रियाका कारण आफूहरूले दर्ता तथा नवीकरणबिनै सञ्चालन गरिरहेको एक व्यापारीले गुनासो गरे ।

    व्यवसाय दर्ता तथा नवीकरणलाई नगरपालिकाले आन्तरिक आयस्रोतको रूपमा प्राथमिकतामा राखेको नगरपालिकाको राजस्व शाखाका प्रमुख भोलाप्रसाद भट्टराईले जानकारी दिए।

    उनका अनुसार चालु आवको वैशाख १८ गतेसम्ममा १७ लाख तीन हजार २० राजस्व संकलन भएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij