Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंमा बस्ने

एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंमा बस्ने

  • 272
    SHARES
  • एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंमा बस्ने

    काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक सरेको छ ।

    एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यसअघि झापामा राखिएको बैठक काठमाडौं सारिएको जानकारी दिए ।

    उनले संसद् बैठक आह्वान भएको अवस्थामा संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले झापामा तय गरिएको बैठक काठमाडौंमा सारिएको बताए ।

    रिजालका अनुसार बैठक यही वैशाख २८-३० सम्म केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने भएको छ । यसअघि झापामा बस्ने भनिएको बैठक यही वैशाख २९ देखि ३१ सम्म तोकिएको थियो ।

    केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नका लागि यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij