Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

ठाडो भाका गीत संरक्षण गर्न प्रतियोगिता

ठाडो भाका गीत संरक्षण गर्न प्रतियोगिता

  • 195
    SHARES
  • ठाडो भाका गीत संरक्षण गर्न प्रतियोगिता

    काठमाडौं । पछिल्लो समय लोप हुँदै गएको ठाडो भाका गीतको संरक्षणका लागि गोरखामा ठाडो भाका दोहोरी गीत प्रतियोगिता सम्पन्न भएको छ ।

    ठाडो भाकाको गीत युवापुस्तालाई सिकाउने तथा पुराना संस्कृति जर्गेना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गरिएको ठाडो भाका दोहोरी गीत प्रतियोगिताकी संयोजक हरिमाया गुरुङले जानकारी दिइन् ।

    पश्चिमाञ्चल सांस्कृतिक केन्द्र र न्यू दौतरी युवा क्लब चित्रेपोखरीको आयोजना तथा सिरानचोक गाउँपालिका गोरखाको प्रवर्द्धनमा सिरानचोक-३, स्थित चित्रेपोखरीमा भएको प्रतियोगिताको उपाधि वीरबहादुर गुरुङ र रेशम माया गुरुङको समूहले जितेको छ ।

    प्रतियोगितामा बमबहादुर गुरुङ र तीर्थकुमारी भुजेलको समूह दोस्रो तथा मनकाजी गुरुङ र विष्णुमाया गुरुङको समूहले तेस्रो भएको संयोजक गुरुङले जानकारी दिइन् ।

    प्रतियोगितामा उपाधि जित्न सफल समूहलाई नगद एक लाख पुरस्कार प्रदान गरिएको उनले बताइन् ।

    त्यस्तै दोस्रो हुन सफल समूहलाई नगद ६० हजार र तेस्रो हुन सफल समूहलाई ३० हजार नगद पुरस्कार प्रदान गरिएको संयोजक गुरुङले जानकारी दिइन् ।

    प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्न सफल दुई समूहलाई पनि १५/१५ हजार पुरस्कार प्रदान गरिएको उनको भनाइ छ ।

    त्यस्तै उष्कृष्ट गायनतर्फ लमजुङ दूधपोखरी गाउँपालिकाकी सन्तमाया गुरुङ र गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका धनबहादुर गुरुङले छनोट भएका छन् ।

    उत्कृष्ट गायनमा छनोट हुन सफल दुवै जनालाई नगद रु १०/१० हजार पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा गोरखा, लमजुङ र तनहुँका गरि १८ समूहले प्रतिस्पर्धा गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij