वेबटिभी खबर
काठमाडौं । नेपाली बजारमा सोमबार सुन तोलामा तीन सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ९ रूपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख १० हजार ३५० रूपैयाँ निर्धारण भएको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख १० हजार ५० रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी स्थिर रहेर प्रतितोला १ हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी स्थिर रहेर आजकै मूल्यमा कारोबार भइरहेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij