वेबटिभी खबर
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन तोलामा आठ सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल घटेर प्रतितोला १ लाख १० हजार ८ सय रूपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन स्थिर रहेर प्रतितोला १ लाख ११ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख १० हजार २५० रूपैयाँ निर्धारण भएको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख ११ हजार ५० रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी ५५ रूपैयाँले घटेर प्रतितोला १ हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन घटेर प्रतितोला १ हजार ४३० रूपैयाँमा कारोबार भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij