Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

ठमेल बजार सरसफाई गर्दै व्यवसायीहरू

ठमेल बजार सरसफाई गर्दै व्यवसायीहरू

  • 361
    SHARES
  • ठमेल बजार सरसफाई गर्दै व्यवसायीहरू

    काठमाडौं । देशकै प्रमुख पर्यटकीयस्थल ठमेललाई सफा, स्वच्छ र पर्यटकमैत्री बनाउन पर्यटन व्यवसायी तथा घरधनी सरसफाई अभियानमा जुटेका छन ।

    ठमेल पर्यटन विकास परिषद्को अगुवाइमा काठमाडौं महानगरपालिका, नेपाल प्रहरी, ठमेलका पर्यटन व्यवसायी र घरधनीले ठमेल सफाइ गरेका हुन ।

    ‘हाम्रो ठमेल सफा ठमेल’ भन्ने नाराका साथ आज बिहान ७ देखि ८ बजेसम्म बृहत् ठमेल सरसफाई कार्यक्रमको आयोजना गरिएको थियो । अभियानअन्तर्गत ठमेल क्षेत्रका सडक तथा सडकगल्लीमा सरसफाई गरिएको थियो ।

    सफा र पर्यटकमैत्री ठमेल बनाउने अभियानअन्तर्गत सरसफाई कार्यक्रम सञ्चालन गरिएको परिषद्का अध्यक्ष भवि शर्माले बताए ।

    ‘हाम्रो ठमेल सफा ठमेल अभियालनलाई सार्थक बनाउन सक्रिय भएका छौँ’, अध्यक्ष शर्माले भने, ‘अभियानको समीक्षा गरेर भोलिका दिनमा कसरी सशक्त र प्रभावकारी बनाउन सकिन्छ, घरधनी र व्यवसायीको सुझावका आधारमा अघि बढ्छौँ ।’

    पर्यटन व्यवसायी रमेश बस्तीले व्यवसायी र घरधनीबाट सुरु भएको ठमेल सरसफाई अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन सबैको सक्रिय साथ र सहयोगको खाँचो रहेको जनाए ।

    व्यवसायी बस्तीले भने, ‘अभियान सुरु भएको छ, विश्वले चिनेको ठमेललाई सफा र सुन्दर बनाउन सबैको सक्रियता आवश्यक छ ।’ ठमेलका घरधनी अर्जुनलाल प्रधानले सफा र प्रदूषणरहित ठमेल बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

    परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेललाई पर्यटकमैत्री वातावरण बनाउने अभियान निरन्तर अघि बढ्ने विश्वास व्यक्त गरे ।

    HariramBhetuwal_KTM_RSS_30(2).JPG

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij