Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

नागरिकता अध्यादेश कार्यान्वयन नहुने अवस्थाप्रति सरकारमा सहभागी जसपाको असन्तुष्टि

नागरिकता अध्यादेश कार्यान्वयन नहुने अवस्थाप्रति सरकारमा सहभागी जसपाको असन्तुष्टि

  • 1.1K
    SHARES
  • नागरिकता अध्यादेश कार्यान्वयन नहुने अवस्थाप्रति सरकारमा सहभागी जसपाको असन्तुष्टि

    काठमाडौं । सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयमा रोक लगाएकोमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरल असन्तुष्टि जनाएका छन् । आफ्नो दलबाट पछिल्लो चरणमा मन्त्री बनेका नेता राजकिशोर यादवलाई बधाई दिन शुक्रबार पार्टी कार्यालय बबरमहलमा आयोजित कार्यक्रममा ठाकुरले अदालतको आदेशलाई सम्मान गर्ने उल्लेख गर्दै सरकारले ल्याएको अध्यादेश पनि एक प्रकारको कानुन नै भएको बताए ।

    ‘लामो समयदेखि नागरिकतासम्बन्धी कानुन संसदमा अड्किरहेको र कुनै निर्णय हुन नसकेकाले समस्या भयावह हुँदै गएको छ,’ ठाकुरले भने, ‘नागरिकता नहुँदा नागरिकहरू रोजगारी र उच्च शिक्षाबाट बञ्चित हुनुपरेको अवस्था छ ।’ उनले नागरिकतासम्बन्धी कानुन अघि बढाउनका लागि सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए । नागरिकतासम्बन्धी समस्या मधेशको मात्र नभइ समग्र मुलुकको भएको उनले जिकिर गरे । 

    अदालतले अध्यादेशबमोजिम वितरित नेपाली नागरिकताको प्रमाणपत्रको विषयमा कानुनी जटिलता पैदा हुने अवस्थासमेत रहने भएकाले संघीय संसदबाट विधेयक पारित भई निर्माण भएको ऐनबाट नै आवश्यक व्यवस्था मिलाउनु उपयुक्त हुने ठहर गरेको थियो । 

    कार्यक्रममा पार्टीका तर्फबाट नेतृत्व गरेर सरकारमा सहभागी उपप्रधान एवम् शहरी विकास मन्त्री राजेन्द्र महतोले जसपा अव मुलुकको वैकल्पिक शक्ति भएको उल्लेख गर्दै यो अवसरलाई जनताको पक्षमा सदुपयोग गर्नुपर्ने धारणा राखे । देश र जनताप्रति समर्पित भएर सवैले आफ्नो दायित्व पूरा गर्नुपर्ने उनले बताए । 

    नवनियुक्त उद्योगमन्त्री राजकिशोर यादवले सरकारमा रहेर मधेश लगायत अन्य क्षेत्रमा रहेका जनताको समस्या समाधानका लागि काम गर्ने प्रतिवद्धता जनाए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij