Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

चट्याङबाट घाइते तीन दिनदेखि हिमाली भेगमै अलपत्र

चट्याङबाट घाइते तीन दिनदेखि हिमाली भेगमै अलपत्र

  • 221
    SHARES
  • चट्याङबाट घाइते तीन दिनदेखि हिमाली भेगमै अलपत्र

    काठमाडौं । चट्याङ लागेर घाइते भएका दार्चुलाका तीन यार्सागुम्बा संकलकको उद्धार हुन सकेको छैन । उनीहरू तीन दिनदेखि हिमाली भेगमै उद्धारको पर्खाइमा छन् ।

    तीन दिनपछि घाइतेको हेलिकप्टरबाट उद्धारको प्रयास गरिए पनि सफल हुन सकेको छैन । खराब मौसमका कारण दार्चुलाको व्यास गाउँपालिका-२ हुम्दुम्तीमा चट्याङ लागेर भएकाको उद्धार हुन सकेको छैन ।

    घाइतेको उद्धारका लागि सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टर सदरमुकाम खलंगामै थन्किएको छ ।

    उद्धारका लागि साँझ ४ बजे हेलिकप्टर खलंगा आइपुगे पनि मौसममा खराबी आएपछि घाइते रहेको स्थानमा जान नसकेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।

    उनले भने, ‘मौसम  अनुकूल नभएका कारण आज घाइतेको उद्धार हुन सकेन् । मौसममा सुधार आए मंगलबार बिहानै घाइतेको उद्धारमा लाग्छौँ ।’ 

    घाइतेलाई हुमदुम्तीबाट मलकोटसम्म ल्याइपुर्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

    शनिबार साँझ चट्याङ लागेर ब्यास गाउँपालिकाको  हुमदुम्तीमा तीन यार्सागुम्बा संकलक घाइते भएका थिए । चट्याङ लागेर दुहुँ गाउँपालिका-२ हिकिलाका १८ वर्षीय महेश बडाल, सोही गाउँपालिका-१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका थिए ।

    उनीहरु गाउँलेसँगै यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेग उक्लेका थिए । दार्चुलको हिमाली भेगमा जेठदेखि असार अन्तिम सातासम्म यार्सागुम्बा संकलन गरिन्छ ।

  • सम्बन्धित विषय:

  • # चट्याङ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij