वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार ५ सय ९८ जनाको पीसीआर र ५ हजार ५ सय ८४ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
आज देशभर ५ हजार २ सय २५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोभिड-१९ संक्रमणबाट ६७ जनाको निधन भएको छ । नेपालमा अहिलेसम्म ६ लाख २३ हजार १ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरि ५ लाख २० हजार ८ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म कोभिड-१९ को संक्रमणबाट ८ हजार ३ सय ५ जनाको निधन भएको छ । यससँगै नेपालमा कोरोना निको हुने दर ८६.२ प्रतिशत रहेको छ ।
त्यसैगरि देशभर कोरोना भाइरस संक्रमण विरुद्दको खोपको पहिलो मात्रा लगाउनेको संख्या २३ लाख ३७ हजार ७ सय ९९ रहेको छ । जसमध्ये ६ लाख ९१ हजार ४ सय ९४ जनाले खोपको दोस्रो मात्रा पनि लगाइसकेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij