वेबटिभी खबर
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन तोलामा १२२ रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार २ सय रूपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७८ रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रूपैयाँ निर्धारण भएको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी स्थिर रहेर प्रतितोला १ हजार ३७० रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि चाँदी स्थिर रहेर आजकै मूल्यमा कारोबार भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij