Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्छ : शशांक कोइराला

भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्छ : शशांक कोइराला

  • 257
    SHARES
  • भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्छ : शशांक कोइराला

    नवलपुर । नेपाली कांग्रेसका नेता एवम् संघीय सांसद डा.शशांक कोइरालाले भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्ने बताएका छन् ।

    नवलपुरको कावासोतीमा भएको नेपाल प्रेस युनियन नवलपरासीपूर्व नवलपुरको एघारौँ साधारणसभा तथा अधिवेशनमा उनले यस्तो बताएका हुन् ।

    डा.कोइरालाले भने, ‘मैले भ्रष्टाचार निर्मूल हुन त सक्दैन, कम गर्नुपर्छ भन्दा सबै हाँसे, निर्मूल गर्ने त प्रयत्न गर्नुपर्छ, प्रयत्न गर्नुपर्‍यो भन्ने मेरो भनाइ थियो, यसलाई प्रष्टीकरणका रूपमा यहाँ भन्दै छु ।’

    सो अवसरमा उनले समाज रूपान्तरणमा पत्रकारको ठूलो भूमिका रहने बताए । ‘जसले पत्रकारिता बुझेको छ, समाचार सम्प्रेषण गर्छन्, तिनीहरूको समाज रूपान्तरणमा ठूलो भूमिका हुन्छ ।’ नेता कोइरालाले निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नु पत्रकारको कर्तव्य भएको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij