Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

छवि किरण ओलीका तीन गजल

छवि किरण ओलीका तीन गजल

  • 1.2K
    SHARES
  • छवि किरण ओलीका तीन गजल

                 गजल नम्बर- १
    बिरामीले डाक्टरसँग सास फेर्न अक्सिजन माग्यो !
    कस्तो बिडम्बना आज मुर्दाले पनि कफन माग्यो !

    पराइले सीमा मिच्यो वीरताको टाउको टेकी 
    अघि बढ्दै कार्गिलको छिमेकीले आँगन माग्यो !

    नेपालीपन मौलिकता दिनदिनै हराएपछि हो 
    सरकारसँग भरियाले तोक्मा अनि खकन माग्यो ! 

    आँखामा कालो पट्टी बाँधी बलात्कार गरे पनि 
    त्यो ब्वाँसाले कुमारीपन पुरै तन यौवन माग्यो ! 

    ईश्वर आफैं भिखारी छ भक्तलाई के दिन्छ र 
    स्वयम् भगवानले आज पशुसँग गर्धन माग्यो ! 

               गजल नम्बर– २
    शासकले गरिबलाई याहाँ दास बनाएको छ 
    हेर्नुहोस् युद्धले गाउँबस्ती उठिबास बनाएको छ 

    गरिबको जिन्दगी के छ र निम्सरो आङबाहेक 
    धर्तीलाई ओछ्यान, छानो आकाश बनाएको छ 

    सुनुवाइ हुँदैन निमुखाको अन्धो कानुनको अगाडि 
    उसले बबुरो सडकलाई इजलास बनाएको छ 

    निध टुटेपछि हो उसले जिन्दगानी जिउने सहारा 
    यही धर्ती आकाशलाई क्यानभास बनाएको छ 

    जिउँदै जलेपछि सपना खाडी भासिएको हो छवि 
    आज यही खाडीले मलाई निराश बनाएको छ ! 

              गजल नम्बर– ३
    जति मान्छे नजिक भयो उति पराइ हुँंदोरहेछ   
    मनमा सजायको मान्छे पनि बिदाइ हुँदोरहेछ 

    बिर्सनेले पत्थर सम्झी दोबाटोमा छोड्दिएपछि
    उस्कै यादमा जल्दाजल्दै साह्रै थकाइ हुँदोरहेछ  

    दस्तुरमा पनि लगाम लगापछि सरकारले
    मान्छे मान्छेमै असमान्ताको पनि लडाइँ हुँदोरहेछ 

    गरिबका ती खेतबारीमा पूँजीवादको तमासुक 
    फलेपछि शासकहरूको ज्यादै रजाइँ हुँदोरहेछ 

    कानुनका ती रक्षकहरू जल्लाद जस्तो भै’ दिनाले 
    असत्यकै अदालतमा सधैं सुनुवाइ हुँदोरहेछ ! 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij