वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट गत २४ घण्टामा ८४ हजार ३३२ जना संक्रमित भएका छन् । यो संख्या ७० दिनयताकै सबैभन्दा कम संख्या हो । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा संक्रमणबाट ४ हजार २ जनाले ज्यान गुमाएका छन् ।
यस्तै, ६३ दिनपछि पहिलोपटक सक्रिय संक्रमितको संख्या ११ लाखभन्दा कम भएको छ । अहिले १० लाख ८० हजार ६९० जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् ।
भारतमा कोरोना भाइरसको संक्रमणबाट निको हुने दर ९५ दशमलव ०७ प्रतिशत पुगेको छ । साप्ताहिक संक्रमितदर ५ प्रतिशतबाट घटेर ४ दशमलव ९४ प्रतिशत पुगेको छ ।
अहिलेसम्म त्यहाँ २४ कराेड ९६ लाख मानिसले काेराेना भाइरसविरूद्धकाे खाेप लगाएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij