Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

एक महिलाले शरिरमा आगो लगाएर गरिन् आत्महत्या

एक महिलाले शरिरमा आगो लगाएर गरिन् आत्महत्या

  • 517
    SHARES
  • एक महिलाले शरिरमा आगो लगाएर गरिन् आत्महत्या

    काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एक महिलाले शरिरमा आगो लगाएर आत्महत्या गरेकी छिन्  ।

    काठमाडौं चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले शरिरमा आगो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    रामेछाप घर भई मच्छेगाउँ बस्दै आएकी श्रेष्ठले शुक्रबार दिउँसो पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ ।

    शरीरमा आगो लागेपछि छटपटिंदै कोठा अगाडिको सडकमा आएपछि स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।

    अचेत अवस्थामा उद्धार गरिएकी श्रेष्ठको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा शनिबार बिहान करिब साढे ३ः०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटना के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij