Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

  • 218
    SHARES
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुन तोलामा ८ सय रूपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन घटेर प्रतितोला १ लाख ९ हजार २ सय रूपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रूपैयाँ निर्धारण भएको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार आज चाँदी १० रूपैयाँले घटेर प्रतितोला १ हजार ३६५ रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३७५ रूपैयाँमा कारोबार भएको थियो। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij