काठमाडौं । नेपाली बजारमा बिहीबार सुन तोलामा एक हजार रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय रूपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख ८ हजार ३ सय रूपैयाँ निर्धारण भएको छ । बुधबार तेजावी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ३५० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३६० रूपैयाँमा कारोबार भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology