वेबटिभी खबर
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार १ सय रूपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन आजकै मूल्यमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख ७ हजार ६ सय रूपैयाँ निर्धारण भएको छ । आइतबार तेजावी सुन आजकै मूल्यमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ३६० रूपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij