Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर

  • 182
    SHARES
  • स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय मातहतका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका छन् ।

    images

    उनले मन्त्रिस्तरीय निर्णय गर्दै आठ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन् ।

    मन्त्री बस्नेतका प्रेस सल्लाहाकार रामचन्द्र दुलालले मन्त्री बस्नेतले मन्त्रालय मातहतका विभिन्न विभाग र अस्पतालका निर्देशकको जिम्मेवारी हेरफेर गरेको जानकारी दिए ।

    औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल, परोपकार प्रसुतिगृह स्त्रीरोग अस्पतालको निर्देशकमा डा.श्रीप्रसाद अधिकारी, राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा.बद्री रिजाललाई जिम्मेवारी तोकिएको छ ।

    राष्ट्रिय औषधि प्रयोगशालाको निर्देशकमा भरत भट्टराईलाई पठाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा.रुद्र मरासिनी र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र निर्देशकमा डा.अनुज भट्टचनलाई जिम्मेवारी तोकिएको छ ।

    यसैगरी मन्त्री बस्नेतले डा.चुमनलाल दास र डा.यदुचन्द्र गौतम मन्त्रालयमा काम गर्नेगरी जिम्मेवारी दिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology