Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

एसईईको नतिजा साउन १५ भित्र सार्वजनिक गरिने 

एसईईको नतिजा साउन १५ भित्र सार्वजनिक गरिने 

  • 993
    SHARES
  • एसईईको नतिजा साउन १५ भित्र सार्वजनिक गरिने 

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ ।  

    विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्यांकन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी बोर्डले गरेको छ ।

    बोर्डका अध्यक्ष प्रा.चन्द्रमणि पौडेलले एसईईको नतिजा साउन मध्यसम्म बोर्डले दिने र भदौबाट विद्यार्थीको नयाँ कक्षाको पठनपाठन सुरु हुने जानकारी दिए । 

    त्यसका लागि बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गरेको छ । त्यसलाई सोमबारसम्म सार्वजनिक गर्ने तयारी छ । त्यसपछि सोही कार्यविधिका आधारमा विद्यालयबाट विद्यार्थीको आन्तरिक मूल्यांकन हुने खबर गोरखापत्रमा प्रकाशित छ । 

    एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यी हुन् मूल्यांकनका आधार एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यी हुन् मूल्यांकनका आधार

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij