Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

इजरायलमा नयाँ प्रधानमन्त्री नफ्ताली बेनेट, नेतान्याहु सत्ताबाट बाहिरिए

इजरायलमा नयाँ प्रधानमन्त्री नफ्ताली बेनेट, नेतान्याहु सत्ताबाट बाहिरिए

  • 1.3K
    SHARES
  • इजरायलमा नयाँ प्रधानमन्त्री नफ्ताली बेनेट, नेतान्याहु सत्ताबाट बाहिरिए

    जेरुसेलम । इजरायलमा संसदले नयाँ नेता निर्वाचित गरेपछि १२ वर्षसम्म लगातार सत्तामा रहेका बेन्जामिन नेतान्याहुले प्रधानमन्त्री पदबाट बाहिरिएका छन् । इजरायली संसदमा नयाँ गठबन्धनको सरकारको पक्षमा रहेको बहुमतका कारण नेतान्याहूले आफ्नो पद गुमाउनुपरेकाे हाे । 

    यामिना पार्टीका ४९ वर्षिय नफ्ताली बेनेटले नयाँ प्रधानमन्त्रीको सपथ लिएका छन् । आइतबार भएको मतदानमा नेतान्याहुले संसदमा ५९ र विपक्षी गठबन्धनले ६० मत प्राप्त गरेको थियो । नेतान्याहु अब दक्षिणपन्थी लिकुड पार्टी प्रमुख र इरायली संसदमा विपक्षी दलको नेताको भूमिकामा रहनेछन् । 

    इजरायली संसद नफ्ताली बेनेटको पार्टी सात सांसदसहित पाँचौं स्थानमा छ, तर वर्तमान राजनीतिक अवस्थामा उनी किंगमेकरको भूमिकामा थिए । यमिना पार्टीसँगै सात सात सांसद भएका त्यहाँ तीनवटा दलको गठबन्धन छ ।

    ७१ वर्षका नेतान्याहु इजरायलमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री हुने नेता हुन् । त्यहाँ १२ वर्षदेखि इजरायलको राजनीति उनकै वरिपरि घुमेको छ ।  

    मार्चमा भएको निर्वाचनमा नेतान्याहुको लिकुड पार्टीले बहुमत प्राप्त गर्न असफल भएपछि दुई नम्बरका पार्टीलाई अन्य सहयोगीहरूसँगै सरकार गठन गर्न आमन्त्रित गरिएको थियो । बेनेट र मुख्य विपक्षी दलका नेता याइर लापिडको गठबन्धनको सम्झौताअनुसार बेनेट पहिलो दुई वर्ष प्रधानमन्त्री हुनेछन् भने सन् २०२३ पछि याइर लापिड प्रधानमन्त्री बन्नेछन् । 

    नेतान्याहुको मन्त्रिमण्डलमा वरिष्ठ मन्त्रीको भूमिका निर्वाह गरिसकेका बेनेट पनि नेतान्याहुको झैं कठोर नीतिका पक्षधर हुन् । उनी पश्चिम किनाराको विवादास्पद आवास अभियानका पूर्वनेता पनि हुन् । साथै उनले धार्मिक तथा राष्ट्रवादी यहूदीको प्रतिनिधित्व रहेको एउटा सानो पार्टी गठन गरेका छन् । नेतान्याहुका बफादार मानिने नफ्तालीसँग पछिल्लो समयदेखि असमझदारी बढेको थियो । 

    लिकुड पार्टीबाट अलग भएर धार्मिक यहूदी पार्टीमार्फत् सन् २०१३ मा इजरायली संसदमा निर्वाचित भएका नफ्ताली सन् २०१९ सम्मकाे गठबन्धन सरकारमा लगातार मन्त्री बनेका थिए । 

    दुई वर्षको अवधिमा चारपटक संसदको चुनाव गर्दासमेत कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेपछि साना दलको समर्थनमा सरकार गठन गर्ने विकल्प अघि सारिएको थियो । हालको संसदमा १३ वटा दलको प्रतिनिधित्व रहेको छ ।

    सबैभन्दा ठूलो पार्टीका नेताको हैसियतमा नेतान्याहुलाई नै सहमतिको सरकार गठन गर्न पूर्वराष्ट्रपति रुभेन रिभलिनले पहिलो अवसर दिएका थिए । तर उनले परम्परागत धार्मिक तथा राष्ट्रवादीको समर्थनमा बहुमत जुटाउने प्रयास गरे पनि त्यो सम्भव हुन सकेन । 

    इजरायलमा नेतान्याहू शासनको अन्त्य, विपक्षी दलबीच गठबन्धनमा सहमति इजरायलमा नेतान्याहू शासनको अन्त्य, विपक्षी दलबीच गठबन्धनमा सहमति इजरायली प्रधानमन्त्री नेतान्याहू पदबाट बाहिरिन सक्ने सम्भावना  इजरायली प्रधानमन्त्री नेतान्याहू पदबाट बाहिरिन सक्ने सम्भावना  नेतान्याहूले बहुमत जुटाउन नसकेपछि इजरायलको नयाँ सरकार गठनमा अन्यौल नेतान्याहूले बहुमत जुटाउन नसकेपछि इजरायलको नयाँ सरकार गठनमा अन्यौल संसद निर्वाचनमा आफू विजयी हुने इजरायली प्रधानमन्त्री नेतान्याहूको दाबी  संसद निर्वाचनमा आफू विजयी हुने इजरायली प्रधानमन्त्री नेतान्याहूको दाबी 

     

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij