वेबटिभी खबर
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रहेर आइतबार कारोबार भएको मूल्यमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन स्थिर रहेर प्रतितोला १ लाख ११ हजार ५० रूपैयाँ कायम भएको छ । आइतबार तेजावी सुन आजकै मूल्यका कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी पनि स्थिर रहेर प्रतितोला १ हजार ४१५ रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी आजकै मूल्यमा कारोबार भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij