वेबटिभी खबर
काठमाडौं । नेपाली बजारमा मंगलबार सुन तोलामा ९ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर प्रतितोला १ लाख १२ हजार ५ सय रूपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९५० रूपैयाँ निर्धारण भएको छ । सोमबार तेजावी सुन स्थिर रहेर प्रतितोला १ लाख ११ हजार ५० रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी तोलामा ५ रूपैयाँ बढेर प्रतितोला १ हजार ४२० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ४१५ रूपैयाँमा कारोबार भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij