वेबटिभी खबर
काठमाडौं । संगीतकार संघ नेपालले वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठलाई २ लाख रुपैंया सहयोग गरेकाे छ । संघले संगीतकर्मी कल्याणकारी कोषबाट सहयोग गरेकाे हाे ।
कोरोना भाइरस संक्रमणमुक्त भएर केही दिनअघि मात्र श्रेष्ठ अस्पतालबाट घर फर्किएका थिए । उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।
श्रेष्ठको नाममा चेक काटिएको तस्बिर सामाजितक सञ्जालमा राख्दै संगीकार संघका अध्यक्ष पारस मुकारुङले सहयोग गरेकाे जनाएका छन् । मुकारुङले सम्पूर्ण संगीतकारहरूको तर्फबाट श्रेष्ठको शीघ्र स्वास्थलाभको कामनासमेत गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij