Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कञ्चनपुरमा दादुरा-रुबेला खोप अभियान

कञ्चनपुरमा दादुरा-रुबेला खोप अभियान

  • 292
    SHARES
  • कञ्चनपुरमा दादुरा-रुबेला खोप अभियान

    कञ्चनपुर । कञ्चनपुरमा ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि आजदेखि दादुरा-रुबेला खोप अभियान सञ्चालन हुँदैछ ।

    खोप अभियानअन्तर्गत कञ्चनपुरमा १ लाख १४ हजार ६२३ बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिए ।

    बुधबार कञ्चनपुरको महेन्द्रनगरमा दादुरा रुबेला खोप अभियानबारे  सरोकारवाला निकायसित छलफलसमेत गरिएको थियो ।

    आजदेखि सुरु हुने खोप अभियान जेठ मसान्तसम्म सञ्चालन हुनेछ । खोप अभियान स्वास्थ्य संस्था, विद्यालयलगायत क्षेत्रमा सञ्चालन गरिने उनले जानकारी दिए ।

    उनले भने, ‘खोप पूर्ण रुपमा सुरक्षित र प्रभावकारी रहेकाले आफ्ना सम्पूर्ण बालबालिकालाई सम्बन्धित खोप केन्द्रमा लगेर खोप लगाइदिन आग्रह गर्छु । यो रोग सबै उमेर समूहलाई लाग्न सक्ने भए पनि बालबालिकालाई बढी असर गर्छ । त्यसैले लक्षित उमेर समूहलाई खोप लगाउँदै छौँ ।’

    सरकारले सन् २०२६ सम्ममा दादुरा रुबेलालाई निवारण गर्ने लक्ष्य पूरा गर्न खोप अभियान सञ्चालन गरिएको हो । कञ्चनपुरमा पाँच सय ७२ खोप केन्द्रबाट खोप दिइने छ । साथै तीन सय ५३ स्वास्थ्यकर्मी खोप सेवाका लागि खटिएका छन् ।

  • सम्बन्धित विषय:

  • # कञ्चनपुर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij