Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

मधुमेह नियन्त्रण गर्ने औषधिले हृदयघातको जोखिमलाई कम गर्छः अध्ययन

मधुमेह नियन्त्रण गर्ने औषधिले हृदयघातको जोखिमलाई कम गर्छः अध्ययन

  • 690
    SHARES
  • मधुमेह नियन्त्रण गर्ने औषधिले हृदयघातको जोखिमलाई कम गर्छः अध्ययन

    मधुमेहलाई नियन्त्रण गर्ने औषधिले हृदयघातको जोखिमलाई नियन्त्रण गर्न सकिन्छ । बेलायत हार्ट फाउन्डेसनले गरेको एक अध्ययनअनुसार मधुमेह नियन्त्रण गर्ने औषधि एम्पाग्लिफ्लोजिनले मुटुलाई सक्रिय बनाउँछ । यो औषधि सेवन गरेको तीन महिनाभित्र मुटुको कार्य गर्ने क्षमता बढ्छ र मुटुको विफलताको जोखिम पनि कम हुन्छ ।

    तौल घट्ने र मधुमेहमा पनि सुधार हुने 

    अध्ययनकाअनुसार ट्रायलमा समावेश गरिएका व्यक्तिको तौल घटेको र मधुमेहमा पनि सुधार भएको छ । अध्ययनकर्ताकाअनुसार टाइप-२ मधुमेह भएका व्यक्तिमा तीन गुणा बढी मुटुरोगको जोखिम हुन्छ । यससँगै एक तिहाई व्यक्तिको मुटुरोगको कारणले मृत्यु हुन्छ ।

    कसरी काम गर्छ औषधिले ?

    अध्ययनकर्ताकाअनुसार एम्पाग्लिफ्लोजिन औषधि शरीरमा पुगेर अतिरिक्त चिनीलाई यूरिनको माध्यमबाट शरीरबाट बाहिर फाल्ने काम गर्छ । यसले चिनीलाई रगतमा पुग्नबाट रोक्छ र मधुमेहलाई नियन्त्रणमा राख्छ । यो औषधिले मधुमेहबाट चिन्तित व्यक्तिमा मुटुरोगको जोखिमलाई घटाउने काम गर्छ ।

    पाँचमध्ये एक व्यक्तिको हृदयघातबाट मृत्यु

    अध्ययनकाअनुसार दश लाख बेलायति मुटुरोगबाट ग्रसित छन् । यस्तो अवस्थामा मुटु कमजोर हुन्छ र रगत पम्प गर्ने क्षमतामा पनि ह्रास आउँछ । बेलायतमा हरेक वर्ष पाँचमध्ये एक विरामीको हृदयघातबाट मृत्यु हुन्छ । यस्ता विरामीमा श्वासप्रश्वासमा समस्या र थकानजस्ता लक्षण देखिन्छन् । लीड्स यूर्निभर्सिटीको एक अध्ययनकाअनुसार टाइप–२ मधुमेह भएका १८ व्यक्तिलाई एम्पाग्लिफ्लोजिन औषधि दिइयो र १२ हप्तासम्म निगरानीमा राखियो । यीनीहरुमध्ये कसैलाई पनि हृदयघात भएन । अध्ययनको सुरुवात गर्नुपूर्व यी व्यक्तिको मुटु कमजोर भएको पुष्टि भएको थियो ।

    मुटुको रगत पम्प गर्ने क्षमतामा वृद्धि

    अनुसन्धानमा संलग्न कार्डियोलोजिस्ट डा.शर्मेन थिरुनवुकरशुकाअनुसार यस अध्ययनको क्रममा मुटुरोगका धेरैजसो विरामीमा मुटुको कार्य क्षमतामा सुधार आएको छ । यससँगै मुटुको रगत पम्प गर्ने क्ष्मतामापनि विकास भएको छ । एम्पाग्लिफ्लोजिन औषधिले मुटुको मांशपेशीमा प्रभाव पारि यसलाई बलियो बनाउने डा.शर्मेनको ठम्याई रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij