Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

लम्पी स्किनका कारण ८० गाई भैँसी मरे

लम्पी स्किनका कारण ८० गाई भैँसी मरे

  • 219
    SHARES
  • लम्पी स्किनका कारण ८० गाई भैँसी मरे

    चितवन । पशु चौपायामा देखिएको लम्पी स्किन रोगका कारण चितवन जिल्लामा ८० गाई भैँसी मरेका छन । लम्पी स्किन फैलिँदै गइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले जनाएको छ ।

    कार्यालयका प्रमुख सुशील केसीका अनुसार हाल जिल्लामा तीन हजार ८६ गाई र दुई सय ५२ भैँसी गरी तीन हजार चार सय १८ गाई भैँसीमा लम्पी स्किनको संक्रमण देखिएको छ । संक्रमण भएकामध्ये ८० गाई भैँसी मरेका हुन ।

    सातवटै पालिकामा लम्पीस्किन फैलिएको र राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिका बढी प्रभावित भएको प्रमुख केसीले जानकारी दिए । उनका अनुसार राप्ती नगरपालिकामा एक हजार ४०५, कालिका नगरपालिकामा दुई सय ६५, खैरहनी नगरपालिकामा २०४ गाई भैँसीमा संक्रमण देखिएको छ ।

    भरतपुर महानगरपालिकामा दुई सय २५, रत्ननगर नगरपालिकामा एक सय १४, इच्छाकामना गाउपालिकमा नौ सय ५२, माडी नगरपालिकामा दुई सय ५३ पशुलाई लम्पी स्किनको संक्रमण देखिएको छ ।

    कार्यालयका अनुसार इच्छाकामना गाउँपालिकामा ४९, भरतपुर महानगरपालिकामा १३, राप्ती नगरपालिकामा १०, कालिका र रत्ननगर नगरपालिकामा चार/चार गाई भैँसी लम्पी स्किनको संक्रमणबाट मरेका छन ।

    झिँगा, भुसुना, लामखुट्टे विभिन्न कीराको टोकाइबाट फैलिने यस रोगको संक्रमणले पशुमा ज्वोरो आउने, फोका निस्कने, गाँठागुठी आउने, पशु वस्तुलाई कमजोर बनाउने कार्यालयका पशु विकास अधिकृत डा.रामचन्द्र आचार्यले जानकारी दिए ।

    रोग लागेका गाई भैँसीको समयमै उपचार र जैविक सुरक्षामा ध्यान दिएन भने गाई वस्तुमा गर्भपतनको समस्या पनि देखिन सक्ने उनको भनाइ छ ।

    संक्रमण फैलिन नदिन गोठ वरिपरी सफा गर्ने, जैविक सुरक्षामा ध्यान दिने, अन्य पशुसँग नराख्ने, चरनमा नलैजाने, पशु वस्तुको रोगसँग लड्ने क्षमता बढाउन खोप लगाउन डा.आचार्यले सुझाव दिए ।

    यस रोगको रोकथामा र न्यूनीकरणका लागि पशु सेवा विज्ञ केन्द्र चितवनले सातवटै पालिकामा जैविक सुरक्षासम्बन्धी कार्यक्रम, औषधी वितरण, खोप वितरण गरिरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij