Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरलाई

प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरलाई

  • 240
    SHARES
  • प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरलाई

    कास्की । गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जितेको छ । नवलपरासीपूर्व नवलपुरको कावासोतीमा सम्पन्न फाइनल खेलमा नवलपुरले स्याङ्जालाई ५-१ गोलअन्तरले पराजित गरेको हो ।

    जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुनका अनुसार विजेता नवलपुरले ५० हजार पुरस्कार प्राप्त गरेका छ ।

    उपविजेता स्याङ्जाले ३० हजार रूपैयाँ पाएको छ । प्रतियोगिताका सबै खेल कावासोतीको सरस्वती माविको खेलमैदानमा खेलाइएका थिए ।

    प्रदेश खेलकुद परिषद् गण्डकीको प्रायोजन र जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता आयोजना भएको हो ।

    प्रतियोगितामा नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ र गोरखाको सहभागिता थियो ।

    महिला फुटलब खेलाडी उत्पादन गर्ने उद्देश्यका प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको सहयोगमा प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पुनले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij