वेबटिभी खबर
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन तोलामा आठ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर प्रतितोला १ लाख १२ हजार ५ सय रूपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन घटेर प्रतितोला १ लाख ११ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९५० रूपैयाँ निर्धारण भएको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख ११ हजार १५० रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी तोलामा ४० रूपैयाँले बढेर प्रतितोला १ हजार ४५५ रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ४१५ रूपैयाँमा कारोबार भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij