Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

गोंगबुको एक होटलमा युवायुवती मृत फेला

गोंगबुको एक होटलमा युवायुवती मृत फेला

  • 263
    SHARES
  • गोंगबुको एक होटलमा युवायुवती मृत फेला

    काठमाडौं । गोंगबुस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् । टोखा नगरपालिका-९ स्थित ग्रिन नेपाल होटलमा आज बिहान युवायुवती मृतावस्थामा फेला परेका हुन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले टोखा नगरपालिका-९ स्थित ग्रिन नेपाल होटलको कोठाभित्रको बाथरुममा केटा र कोठाभित्र केटी झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।

    मृत्यु हुनेमा गोरखा सहिद लखन गाउँपालिका-१ घर भएका दिनेश सार्की र तनहुँ व्यास नगरपालिका-१० दमौली घर भएकी मुस्कान वयक रहेको प्रवक्ता रिजालले बताए ।

    बिहान होटलका कामदारले खाना खानका लागि बोलाउन जाँदा नबोलेपछि प्रहरीलाई खबर गरेर ढोका फुटाउँदा महिला कोठाभित्र र पुरुष बाथरुमभित्र चुकुल लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij