Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

भारतमा कोरोनाविरुद्धको खोपका कारण मृत्यु भएको पुष्टि

भारतमा कोरोनाविरुद्धको खोपका कारण मृत्यु भएको पुष्टि

  • 506
    SHARES
  • भारतमा कोरोनाविरुद्धको खोपका कारण मृत्यु भएको पुष्टि

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको खोपका कारण एक ६८ वर्षीय व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । सरकारले गठन गरेको एक समितिले यसको पुष्टि गरेको हो ।

    भारतीय समाचार संस्था इन्डिया टुडेका अनुसार ती व्यक्तिले ८ मार्चमा कोरोनाविरुद्धको खोप लगाएका थिए । खोप लगाएपछि उनीमा एनाफेलेक्सिस अर्थात् खोप वा औषधिबाट हुने एलर्जी देखिएको थियो । यसपछि उनको मृत्यु भयो । 

    खोप लगाएपछि व्यक्ति गम्भीर बिरामी हुनु वा मृत्यु हुनुलाई वैज्ञानिक भाषामा एडभर्स इभेन्ट फलोइङ इम्युनाइजेशन (एइएफआई) भनिन्छ । भारतको केन्द्रीय सरकारले खोपपछि व्यक्तिमा आउन सक्ने समस्यालाई सम्बोधन गर्न एक समिति गठन गरेको छ । यस समितिले खोप लगाएपछि ३१ जनाको मृत्यु भएको हुन सक्ने अनुमान गरेको केही समयपछि पहिलो मृत्यु पुष्टि गरेको हो ।

    समितिको रिपोर्टअनुसार अन्य २० वर्षका दुई व्यक्तिमा खोप लगाएपछि एलर्जी देखिएको थियो । ती दुवै जनाको अस्पतालमा उपचारपछि अहिले पूर्ण रुपमा निको भइसकेका छन् । यसबाहेक अन्य तीन जनाको मृत्यु खोपका कारणले भएको मानिएको छ, जुन पुष्टि हुन बाँकी छ ।

    खोप लिएपछि गम्भीर समस्या देखिएका ३१ जनामा खोपको असरअनुसार अलग अलग भागमा विभाजन गरेर अध्ययन सुरु गरिएको थियो । जसमध्ये १८ जनाको समस्या खोपसँग सम्बन्धित नभएको बताइएको छ । ७ जनामा उपयुक्त प्रमाण र क्लिनिकल परीक्षणको डेटा अभाव रहेकाले विश्लेषणात्मक अध्ययनको आवश्यकता रहेको छ । अरु ३ जनामा खोपसँग सम्बन्धित प्रतिक्रिया वा एजर्ली भएको पुष्टि भयो, २ जनामा पर्याप्त प्रमाण नभएको र १ जना बिरामी खोपको डरका कारण अस्पताल भर्ना भएको पुष्टि गरेको छ । 

    एनाफेलेक्सिस एक घातक एलर्जी हो । यसको तत्कालै उपचार नभए बिरामीको ज्यान जान्छ । एनाफेलेक्सिस औषधिले हुने एलर्जी हो, यसका कारण छालामा दागहरु देखिने, सुन्निने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, बान्ता, पखाला हुने, मुटुको गति कम हुने, शरीर पहेँलो हुँदै जाने लक्षण देखिन्छन् ।   

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij