Logo

२०८३, आश्विन ३ गते शनिवार

२०८३, आश्विन ३ गते शनिवार

चुनाव जित्ने अनि राजा हुने धङधङी एकथरिमा छ : पूर्वप्रधानमन्त्री भट्टराई 

चुनाव जित्ने अनि राजा हुने धङधङी एकथरिमा छ : पूर्वप्रधानमन्त्री भट्टराई 

  • 706
    SHARES
  • चुनाव जित्ने अनि राजा हुने धङधङी एकथरिमा छ : पूर्वप्रधानमन्त्री भट्टराई 

    गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एउटै व्यक्ति सँधै मन्त्री र सांसद बन्नु नहुने बताएका छन् । 

    गोरखाको सिरानचोक गाउँपालिका–३ बयपानीका जनतासँग मंगलबार स्थानीय जनताको गुनासो सुन्न पुगेका भट्टराईले आफूले गोरखाबाट तीन पटक चुनाव जितेर सांसद, मन्त्री र प्रधानमन्त्री बनेको उल्लेख गर्दै एउटै व्यक्ति सँधै सांसद र मन्त्री भइराख्नुपर्छ भन्ने नभएको बताए ।

    ‘राजनीतिमा सरकारमा गएर पनि गर्ने एउटा काम त हो,’ उनले भने, ‘हामी केही छानिएका मान्छेले मात्र मन्त्री र सांसद भइराख्नुपर्छ भन्ने होइन ।’ उनले तीन चोटी भन्दा बढी बस्नु हुँदैन भनेर यसपटक चुनावमा नउठेको स्पष्ट पारे ।

    ‘हामी केही छानिएका मान्छे भगवान हौं ? हामीले चैं सँधै मन्त्री र सांसद मात्र भइराख्नु पर्ने हो ?’ उनले भने, ‘त्यसैले मैले तीन पटक चुनाव जितेपछि छाडिदिएँ । यसको अर्थ राजनीतिबाट समाज परिवर्तनको जिम्मेवारी छाडेको भन्ने होइन ।’

    एउटा पदमा बसेको मान्छेले तलै झर्नै नहुने भन्ने सोच हावी भएको उल्लेख गर्दै भट्टराईले भने ‘सरकार र सांसदको काम मैले छाडेको हो तर सडकबाट जनतालाई सेवा गर्नै काम जनताको बीचमा जनपरिचालन गर्नै काम मैले छाडेको छैन ।’

    उनले राजनीति दुई थरीको हुने स्पष्ट पारे । ‘एउटा जसरी हुन्छ सत्तामा जाउ, कमाउ र आफ्नो व्यवस्था मिलाउ । जुन परम्परादेखि चल्दै आएको छ । अर्को भनेको जनताको सेवा गर्ने साधन हो,’ उनले भने । 

    उनले राजनीति भनेको कमाउने ठाउँ नभएर जनताको सेवा गर्ने काम भएको बताए । एकथरिमा पुरानै राजा कालकै धङधङी रहेको उल्लेख गर्दै भने, ‘चुनाव जित्ने अनि राजा हुने ।’

    उनले गोरखाको विकासको लागि जनतासँगै आफू सरकारलाई घचघच्याउन आएको बताए । सरकारले दिने बजेट जनतासँगै विभिन्न करका नाममा असुल गरेकोले त्यसमा जनताको हक हुने उनले बताए । विकासको भनेको सडक, पानी, बिजुली, शिक्षा, स्वास्थ्य नै भएको उल्लेख गर्दै सबै ठाउँमा सरकारले यी सुविधा पुर्याउनु पर्ने उनको भनाइ थियो । त्यसमा पनि गाउँठाउँ जोड्ने भनेको सडक नै भएकाले त्यसलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij