वेबटिभी खबर
काठमाडौं । नेपाली बजारमा बुधबार सुन तोलामा ९ सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन घटेर प्रतितोला १ लाख ११ हजार ८ सय रूपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख ११ हजार २५० रूपैयाँ निर्धारण भएको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख १२ हजार १५० रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी तोलामा २५ रूपैयाँले घटेर प्रतितोला १ हजार ४२५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ४५० रूपैयाँमा कारोबार भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij