Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

भूकम्पबाट क्षति भएका पशुपति क्षेत्रका ७१ सम्पदा पुनःनिर्माण

भूकम्पबाट क्षति भएका पशुपति क्षेत्रका ७१ सम्पदा पुनःनिर्माण

  • 204
    SHARES
  • भूकम्पबाट क्षति भएका पशुपति क्षेत्रका ७१ सम्पदा पुनःनिर्माण

    काठमाडौं । २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रका ७१ वटा सम्पदा पुनःनिर्माण गरिएको छ ।

    चालु आर्थिक वर्षमा तीन वटा सम्पदाको काम भइरहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए । सोह्रवटा सम्पदा अझै पुनःनिर्माण हुन सकेको छैन ।

    भूकम्पले क्षति भएका पशुपति क्षेत्रका जयवागेश्वरी, महास्नानघर, कुलानन्द झा सत्तल, गुह्येश्वरस्थित सेतो सत्तल, शङ्कराचार्य मठस्थित शंखराचार्य मन्दिर, लाल गणेश मन्दिर, श्राद्ध पाटी, चौतरीया शिवालय, पन्ध्र शिवालय, अमरकान्तेश्वर मन्दिर, सुरेशकान्तेश्वर मन्दिरलगायत सम्पदा पुनःनिर्माण गरिएको हो ।

    भूकम्पले पशुपति क्षेत्रका ९० वटा सम्पदामा क्षति पुगेकाले पुनः निर्माण गर्नुपर्ने भएको उनले बताए । विश्वरुप मन्दिरलगायत सम्पदामा चालु आवका लागि छुट्याइएको बजेटको काम सकिएको छ । यो मन्दिर बहुवर्षीय ठेक्कामा निर्माण भइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij