Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

मन्त्री सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि धनगढी रंगशालामा

मन्त्री सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि धनगढी रंगशालामा

  • 217
    SHARES
  • मन्त्री सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि धनगढी रंगशालामा

    धनगढी । मंगलबार सडक दुर्घटनामा परी निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका आज बिहान धनगढी रंगशालामा राखिएको छ ।

    मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यहरू धनगढी रंगशालामा पुगेर सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका छन । धनगढीमा श्रद्धाञ्जली सभापछि अन्त्येष्टिका लागि गृह जिल्ला बझाङ लगिने पारिवारिक स्रोतले जनाएको छ ।

    मन्त्री नियुक्त भएको ३०औँ दिनमा पहिलो पटक गृह जल्ला बझाङ जाने क्रममा सिंह सवार सुपप्र ०१००१ झ ४८० नंको गाडी बझाङको केदारस्यूँ गाउँपालिकाको धारछडा नजिकै दुर्घटना भएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij