Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

हवाई भाडा घट्यो

हवाई भाडा घट्यो

  • 320
    SHARES
  • हवाई भाडा घट्यो

    काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आज हवाई यात्राको भाडा घटाएको हो ।

    क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सबैभन्दा धेरै विराटनगर-नेपालगञ्ज रुटको भाडा ५४० ले घटेको छ भने सबैभन्दा कम काठमाडौं-सिमराको भाडा ९० ले घटेको छ ।

    यसैगरी काठमाडौं-भद्रपुरको तीन सय, काठमाडौं-विराटनगरको २४०, काठमाडौं-धनगढीको चार सय ४५, काठमाडौं-नेपालगञ्जको ३२५, काठमाडौं-भैरहवाको २१० र काठमाडौं-सुर्खेतको भाडा तीन सय ४५ ले घटेको छ ।

    मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० ले कम गरेको थियो ।

    यस्ताे छ नयाँ हवाई भाडाकाे मूल्यसूची :

    pla.jpg

    pa.jpg

    p.jpg

    palane.jpg
    undefined

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij