Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

आँप खाएर अनुहारमा पिम्पल आयो भने यी उपायबाट भगाउनुहोस् 

आँप खाएर अनुहारमा पिम्पल आयो भने यी उपायबाट भगाउनुहोस् 

  • 319
    SHARES
  • आँप खाएर अनुहारमा पिम्पल आयो भने यी उपायबाट भगाउनुहोस् 

    काठमाडौं । गर्मी मौसमको एउटा रमाइलो पक्ष भनेको फलको राजा भनिने पाकेका स्वादिला आँप जताततै पाइनु हो । पसिना बगाए पनि स्वादिष्ट आँप काटेर खाँदा गर्मी प्रतिको आक्रोश अलिकति कम हुन्छ ।

    आँप स्वादिष्ट त हुन्छ नै पौष्टिक तत्त्वले पनि भरिपूर्ण हुन्छ । यसमा सोडियम, फाइबर, आइरन, प्रोटिन, क्याल्सियम र भिटामिन सी आदि पाइन्छ । यसको सेवनले पाचन प्रणाली बलियो हुनुका साथै शरीरको कमजोरी पनि हट्छ ।

    तर आँप खाएपछि अनुहारमा घाउ, पिम्पलहरु आउने समस्या पनि केहीलाई हुन्छ । आँपमा गुलियोको मात्र बढी हुनुसँगै यसको चोपले मुख आसपास घाउ देखिने सम्भावना हुन्छ ।

    अझ आँप पकाउनका लागि हालिने कार्वाइडले स्वास्थ्यमा पनि हानी गर्छ । आँप खाँदा त्यसलाई भेट्नोबाट काटेर कम्तिमा आधा घण्टा पानीमा भिजाएर खाँदा त्यसले गर्ने हानी कम हुन्छ । साथै घाउ आउने सम्भावना पनि कम हुन जान्छ ।

    आँप खाएर आउने पिम्पल हटाउने केही घरेलु उपाय पनि छन् । ती घरेलु उपायहरूबाट हामीले त्यस्ता पिम्पलबाट जोगिन सक्छौँ ।

    बेसार र चन्दनको धुलो

    आँप खाएका कारण आउने पिम्पललाई बेसार र चन्दनको धुलोको मद्दतले हटाउन सकिन्छ । एक चौथाइ चम्चा बेसार, एक चम्चा चन्दन र तीन चम्चा गुलाब जल मिसाएर बनाएको पेस्टलाई अनुहारमा दलेर २० मिनेटसम्म राख्नुहोस् ।

    त्यसपछि सफा पानीले राम्ररी अनुहार धुनुहोस् । यसले छालामा आएको पिम्पललाई हटाउन मद्दत गर्छ ।

    मह

    महमा छालाको सौन्दर्य बढाउने तत्व हुन्छ । यसमा प्रचुर मात्रामा एन्टिब्याक्टेरियल गुण हुन्छ, जसले छालाको इन्फेक्सनलाई हटाउनका साथै पिम्पललाई पनि भगाउन मद्दत गर्छ ।

    मह अनुहारमा दलेर १५ देखि २० मिनेटपछि राम्ररी पखाल्नुहोस् । यसले छालाका बिकार निकालेर अनुहार सफा बनाउनुका साथै पिम्पललाई निको पार्छ ।

    आइस

    छालामा आइस दल्दा चिसो भएर पिम्पललाई निको पार्न मद्दत पुग्छ । आइस क्यूबलाई नरम कपडामा बेरेर पिम्पल भएको ठाउँमा केही बेर मजाले मसाज गर्नुहोस् । यसो गर्नाले पिम्पलबाट छुटकारा पाउनुका साथै छाला पनि ताजा हुन्छ ।

    घ्यू कुमारी

    घ्यू कुमारी (एलोभेरा) पनि पिम्पल भगाउने एउटा महत्वपूर्ण वनस्पति हो । यसमा भएको एन्टिब्याक्टेरियल र एन्टिभाइरल गुणहरूले छालालाई निकै फाइदा गर्छ । पिम्पल भएको ठाउँमा यसको लेप दल्दा आराम पाउनुका साथै यसले छालालाई पनि चम्किलो बनाउँछ ।

    दालचिनी

    दालचिनीको मद्दतले पनि हामीले पिम्पललाई भगाउन सक्छौं । एक चम्चा दालचिनी पाउडरमा एक चम्चा मह मिसाएर बनाएको पेस्ट अनुहारमा दल्दा पिम्पल हटाउन सहज हुन्छ । यो पेस्ट २० मिनेटजति अनुहारमा राखेर राम्ररी पखाल्दा छालामा भएका फोहोरसँगै पिम्पल पनि क्रमशः हट्छ । (एजेन्सीको सहयोगमा)

  • सम्बन्धित विषय:

  • # आँप

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij