Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

कालीकोटका तीन हजार बढी पशुचौपायामा ‘लम्पी स्किन’को संक्रमण

कालीकोटका तीन हजार बढी पशुचौपायामा ‘लम्पी स्किन’को संक्रमण

  • 261
    SHARES
  • कालीकोटका तीन हजार बढी पशुचौपायामा ‘लम्पी स्किन’को संक्रमण

    कालीकोट । कालीकोटमा तीन हजार पाँच सय बढी पशुचौपायामा ‘लम्पी स्किन’को संक्रमण देखिएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण देखिएको हो ।

    लम्पी स्किन रोगको संक्रमणबाट कालीकोटमा अहिलेसम्म तीन सय १४ पशुचौपायाको मृत्यु भएको जिल्लास्थित पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ ।

    पशुमा देखिएको संक्रमणले ठूलो जनधनको क्षति भएको कार्यालयका प्रमुख लक्ष्मीप्रसाद अधिकारीले बताए । उनका अनुसार रोगको पहिचानका लागि ल्याब टेष्ट र लक्षण अनुसारको उपचार भइरहेको छ ।

    ‘केही किसानले निजीस्तरबाट भ्याक्सिन लगाउनु भए पनि जिल्लामा हामीले किनेर ल्याएको भ्याक्सिन दिइरहेको छौँ’, प्रमुख अधिकारीले भने । उनका अनुसार रोगको संक्रमण जिल्लाभर भयावह रूपमा फैलिए पनि भ्याक्सिनको कमी भएकाले सबै किसानले भ्याक्सिनेसनको सुविधा पाएका छैनन् ।

    भ्याक्सिनको अभावका कारण रोग नियन्त्रण गर्न गाह्रो भइसकेको उनको भनाइ छ । ‘लम्पी स्किन’को संक्रमण रोक्नका लागि जनचेतना फैलाउने तथा घाउ, खटिरा आएका पशुलाई ड्रेसिङ गर्ने काम भइरहेको प्रमुख अधिकारीले बताए ।

    ‘भाइरसबाट सर्ने रोग भएकाले यसको दिगो उपचार हुन सकेको छैन’, प्रमुख अधिकारीले भने, ‘सबैभन्दा बढी रोगको संक्रमण शान्नि त्रिवेणी गाउँपालिकामा देखिएको छ ।’

    पशुलाई धेरै ज्वरो आउनु, शरीर र मुखमा फोका जस्ता खटिरा निस्कनु, श्वासप्रश्वासमा समस्या हुनु, दानापानी नखानु र दुधालु पशु भए दूधको उत्पादन घटाउनु संक्रमणको मुख्य लक्षण भएको प्रमुख अधिकारीले जानकारी दिए ।

    ‘यसको रोकथामका लागि मास भ्याक्सिनेसन सुरु गर्नुपर्छ र जैविक सुरक्षामा जोड दिनुपर्छ’, प्रमुख अधिकारीले भने, ‘संक्रमण भएको पशु भए त्यसलाई सामूहिक रूपमा चराउन नलैजाने, पशुको ढुवानी कार्य बन्द गर्ने र आवजातवमा कडाइ गरेर लम्पी स्किनको संक्रमण न्यूनीकरण गर्न सकिन्छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij