वेबटिभी खबर
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेबाट निष्काशित वरिष्ठ नेता झलनाथ खनाललाई एमालेका महासचिव ईश्वर पोखरेलले भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् ।
सोमबार बिहानदेखि थापाथलीस्थित नर्भिक हस्पिटलमा उपचाररत खनाललाई बुधबार दिउँसो महासचिव पोखरेलले भेटेर चाँडै निको हुने शुभेच्छा प्रकट गरेका हुन् ।
पोखरेलले खनाललाई नर्भिक हस्पिटलमा भेटी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको पोखरेलको सचिवालयले बताएको छ । पोखरेलले थप उपचारका लागि भारतको नयाँ दिल्ली जाने तयारीमा रहेका खनालको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।
शरीरमा ज्वरो बढेको र स्वासप्रस्वासमा असहज भएपछि सोमबार बिहान नर्भिक भर्ना गरिएका खनाललाई परिवारको निर्णयमा थप उपचारका लागि बुधबार दिल्ली लगिने भएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij