Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

लागुऔषध दुरूपयोगविरुद्ध चेतना जगाउन प्रभातफेरी

लागुऔषध दुरूपयोगविरुद्ध चेतना जगाउन प्रभातफेरी

  • 275
    SHARES
  • लागुऔषध दुरूपयोगविरुद्ध चेतना जगाउन प्रभातफेरी

    काठमाडौं । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना जगाउन प्रभातफेरी निकालिएको छ ।

    लागुऔषध दुरुपयोग तथा ओसार-पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ पारेर गृह मन्त्रालयको आयोजनामा आज प्रभातफेरी निकालिएको हो ।

    भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी भद्रकाली मन्दिर परिक्रमा गरी पुनः भृकुटीमण्डप हुँदै राष्ट्रिय सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

    सो अवसरमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मन्त्रालयका उच्च अधिकारी, युवा तथा विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।

    प्रभातफेरीमा सहभागीले लागुऔषधको दुर्व्यसन र ओसारपसारविरूद्ध विभिन्न जनचेतनामूलक ब्यानर, प्लेकार्ड प्रदर्शन गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # लागुऔषध

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij