वेबटिभी खबर
काठमाडौं । पशुपतिनाथ मन्दिरको जलहरी जोखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरी जोखेको हो ।
जलहरी जोख्दा १०७.४६८७ किलोग्रामको पाइएको छ । जलहरीको नापतौल तथा शुद्धता परीक्षण गर्दा १०७.७६ किलोग्राम हुनुपर्नेमा १०७.४६८७ किलोग्राम भएको पाइएको अख्तियारले जनाएको छ ।
जलहरीलाई पुनः मर्मत गरी मंगलबार पशुपतिमा चढाउने निर्णय भएको छ ।
राष्ट्र बैंकबाट ८० करोड ११ हजार रुपैयाँमा सुन खरिद गरेर अपारदर्शी रूपमा जलहरी निर्माण गरेको तथा तोकिएको परिमाणअनुसार काम नगरेको भन्दै २ वर्षअघि अख्तियारमा उजुरी परेको थियो ।
उजुरीमाथि प्रारम्भिक छानबिन गरेपछि अख्तियारले अनुसन्धान अधिकृत नै तोकेर विस्तृत अनुसन्धान गरिरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij