Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

राप्ती नदीमा विपद् हातेमालो अभ्यास

राप्ती नदीमा विपद् हातेमालो अभ्यास

  • 264
    SHARES
  • राप्ती नदीमा विपद् हातेमालो अभ्यास

    काठमाडौं । लमही नगरपालिका-६ मध्यनगरस्थित राप्ती नदीमा पानीजन्य विपद्को एकीकृतरुपमा हातेमालो अभ्यास गरिएको छ ।

    नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले कृतिम घटना अभ्यास गरेर आफ्नो क्षमता प्रदर्शन गरेका छन् ।

    लुम्बिनी प्रदेशमा आइपर्ने जस्तोसुकै विपद्को सामना गर्न सुरक्षा निकाय तयारी अवस्थामा रहेको यो अभ्यासले सन्देश प्रवाह गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेलगायत सुरक्षा निकायका प्रमुख व्यक्तिको उपस्थितिमा एकीकृत अभ्यास हातेमालो प्रदर्शन गरिएको थियो ।

    सो अभ्यासका क्रममा मुख्यमन्त्री चौधरीले विपद् प्रतिकार्यको लागि प्रदेशभित्र रहेका सबै अंग परिचालन हुनुपर्ने बताए । उनले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि बजेटको अभाव हुन नदिने बताए ।

    ipad (1).jpg

    मुख्यमन्त्री चौधरीले भने, ‘खोज तथा उद्धारको लागि के के चाहिन्छ ? त्यसको लिस्ट बनाउनुस् । प्रदेश सरकारले बजेट उपलब्ध गराउँछ । विपद्बाट हुने क्षति कम गर्न हामी प्रतिबद्ध छौँ ।’

    नेपाली सेना मध्यपश्चिम पृतनाका पृतनापती यामप्रसाद ढकालले विपद् प्रतिकार्यका लागि एकीकृत अभ्यास जरुरी रहेको बताए ।

    उनले तीनवटै सुरक्षा निकाय परिचालन हुँदा विपद् प्रतिकार्य सफल हुनसक्ने र यसका लागि समुदायका नागरिकको समेत सहयोगको आवश्यकता पर्ने बताए ।

    नेपाली सेनाका सहायक रथी रवीन्द्र खत्रीले लुम्बिनी प्रदेश बाढी र पहिरोजन्य विपद्को जोखिममा रहेको भन्दै विपद् व्यवस्थापनमा सबैको साथ सहयोग आवश्यक पर्ने बताए ।

    उनले भने,  ‘विपद् व्यवस्थापन र क्षति न्यूनीकरणको बारेमा विद्यालयस्तरमा शिक्षा सचेतना अभियानको आवश्यकता छ ।’

    सहायक रथी खत्रीका अनुसार विपद्को बारेमा विद्यालयमा पढाइ हुनुपर्छ । त्यो ढंगले यसको बारेमा शिक्षा सचेतना अभियान चलाइनुपर्छ ।

    तीन तहकै सरकारले यसमा चासो दिँदा उपलब्धि राम्रो आउने थियो । उनले सहकार्यमा विपद् प्रतिकार्यको योजना बनाउन सकिने यसका लागि समुदायका नागरिकलाई पनि विपद् प्रतिकार्यमा जोड्नुपर्ने बताए ।

    लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले विपद् प्रतिकार्य गर्न स्थानीय तहमा सामग्रीको अभाव भएको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij