Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

स्वस्थ दीर्घ जीवनका लागि अनिवार्य यी ५ परीक्षण गर्नुहोस्

स्वस्थ दीर्घ जीवनका लागि अनिवार्य यी ५ परीक्षण गर्नुहोस्

  • 355
    SHARES
  • स्वस्थ दीर्घ जीवनका लागि अनिवार्य यी ५ परीक्षण गर्नुहोस्

    काठमाडौं । आधुनिक खानपानसँगै रोगव्याधीको प्रकोप पनि बढ्दो छ । निरोगी जेष्ठ नागरिक पाउनै कठिन हुने अवस्था छ । युवा उमेरमा मधुमेह र उच्च रक्तचाप भएका धेरै मानिस भेटिन्छन् ।

    औसत आयु बढे पनि निरोगी मानिस भने भेट्न मुस्किल हुँदै गएको छ । रोगको बोझले थिचिएको मानिसमा उत्साह र उमंग कम हुनु स्वभाविक हो । तर स्वस्थ आहार र स्वास्थ्य अवस्थाको नियमित परीक्षणले गम्भीर रोग लाग्नबाट भने बच्न सकिन्छ ।

    त्यसैले ५० वर्ष उमेर पार गरेका मानिसले केही परीक्षणहरू नियमित गराउनु पर्छ । जसले गर्दा कुनै पनि रोग गम्भीर हुनु अघि नै त्यसको उचित उपचार हुन सकोस ।

    नियमित शारीरिक कृयाकलाप, सुर्तीजन्य पदार्थ र मदिराको सेवनबाट जोगिँदै नियमित ५ प्रकारका स्वास्थ्य परिक्षण गर्दा स्वस्थ भएर लामो जीवन बाच्न सघाउ पुग्ने स्वास्थ्य विज्ञहरूले सुझाव दिने गरेका छन् ।

    ब्लड सुगर

    ४५ वर्षभन्दा माथिका सबैले आफ्नो रगतमा चिनी वा ग्लुकोजको अवस्था बुझ्न नियमित जाँच गराउनु पर्छ। विना कारण तौल घट्नु, चोटपटक वा घाउ हुँदा छिटो निको नहुनु, अत्यधिक तिर्खा अनुभव भयो भने यो रगतमा सुगरको मात्रा बढेको लक्षण हो । यस्तो लक्षण देखिएमा तत्कालै परीक्षण गर्नुपर्छ ।

    कोलेस्ट्रोल परीक्षण

    यो परीक्षणले रगत बग्ने धमनीहरूमा बोसो जमेर रक्तप्रवाहमा बाधा पुर्याएको छ कि छैन भन्ने जानकारी पाउन सकिन्छ । राम्रो कोलेस्ट्रोल (एचडीएल) , खराब कोलेस्ट्रोल (एलडीएल) र ट्राइग्लिसराइडको मात्रा जाँच गरेर ढुक्क हुनु राम्रो हुन्छ ।

    खराब कोलेस्ट्रोलको मात्रा अधिक भएका हृदयाघात र स्ट्रोक हुने सम्भावना हुन्छ । समयमै जाँच गर्दा खराब कोलेस्ट्रोल घटाउन सकिन्छ ।

    रक्तचाप

    ५० वर्ष नाघेपछि रक्तचापको अवस्था के छ भनेर नियमित जाँच गर्नुपर्छ । अहिलेका खानाहरू रक्तचाप बढाउन मद्दत गर्ने भएकाले जो कसैलाई पनि उच्च रक्तचाप हुने सम्भावना हुन्छ ।

    रक्तचाप बढी भएमा हृदयाघात, स्ट्रोक र मिर्गौला फेल हुने जस्ता समस्या आउँछन् । समयमै रक्तचापको अवस्था थाहा भएका औषधि सेवनबाट यसलाई नियन्त्रणमा राख्न सकिन्छ ।

    प्रोस्टेट

    सबै पुरुषहरूलाई प्रोस्टेट क्यान्सरको जोखिम हुन्छ । यो जोखिम उमेरसँगै बढ्दै जान्छ। रगतमा प्रोस्टेट ग्रन्थीद्वारा उत्पादित प्रोटिनको स्तर नाप्दा यसको जोखिमबारे समयमै थाहा लाग्छ । प्रोटिनको उच्च स्तरहरूले प्रोस्टेट क्यान्सर वा अन्य प्रोस्टेट सम्बन्धित विकारहरूलाई संकेत गर्न सक्छ।

    मिर्गौला परीक्षण

    मधुमेह र उच्च रक्तचापबाट पीडित व्यक्तिहरूलाई मिर्गौलाको गम्भीर रोग हुन सक्छ । मिर्गौलाको अवस्था समयमै पत्ता लगाउन सक्दा त्यसलाई खराब हुनबाट जोगाउन सकिन्छ । त्यसका लागि बेला बेलामा रिनल फंक्सन टेष्ट (आरएफटी) गराउनु राम्रो हुन्छ । रगत परीक्षणबाटै यो पत्ता लाग्छ । यो रिर्पाेट एजेन्सीको सहयोगमा तयार पारिएको हो ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij