Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

पहिराेले नवलपुरका पहाडी क्षेत्रमा यातायात अवरूद्ध

पहिराेले नवलपुरका पहाडी क्षेत्रमा यातायात अवरूद्ध

  • 274
    SHARES
  • पहिराेले नवलपुरका पहाडी क्षेत्रमा यातायात अवरूद्ध

    नवलपुर  । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात  पहिराेका कारण अवरूद्ध भएको छ ।

    जिल्लाको दलदले-कुमसोत-पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका-५ पाङ्गे्र र पोखरी खण्डमा खसेको पहिराेको कारण  यातायात अवरूद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख गणेश पौडेलले बताए ।

    पानी परिरहेकाले यस खण्डमा तत्काल पहिरो पन्छाएर बाटो खुलाउन समस्या भएको उनले बताए । नवलपुरको पहाडी क्षेत्रलाई जोड्ने मुख्य खण्ड पहिराेले अवरूद्ध भएपछि दललदलेबाट पहाडी क्षेत्रमा छुट्ने र पहाडी क्षेत्रबाट दलदलेतर्फ छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् ।

    पहिराेले बाटो अवरूद्ध हुँदा मुख्य राजमार्ग र सदरमुकामसँग पहाडी क्षेत्रको यातायात सम्पर्क टुटेको छ । यसैगरी कालिगण्डकी करिडोरको नवलपुरखण्डसमेत पहिराेको कारण अवरूद्ध भएको छ ।

    कालिगण्डकी करिडोरअन्तर्गत बुलिङटार १ र ६ मा पहिरो खसेकाले करिडोर पूर्णरुपमा बन्द भएको प्रमुख पौडेलले बताए । जिल्लाको मुख्य राजमार्ग पूर्व पश्चिम राजमार्गमा भने यातायात सञ्चालनमा कुनै समस्या नरहेको उनले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij