Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

भक्तपुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

  • 531
    SHARES
  • भक्तपुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    भक्तपुर । मध्यपुरथिमि नगरपालिका-४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । 

    गए राति करिब ११ः०० बजेतिर काठमाडौंबाट भक्तपुर जाँदै गरेको बा७७प ५६०५ नंको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोलुखुम्बु चौलाखर्कका २७ वर्षीय रमेशकुमार बस्नेतको आज बिहान मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । 

    दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा आज बिहान साढे २ः०० बजे मृत्यु भएको गिरीले बताए ।

    दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका उदयपुर ताप्ले गाउँपालिका-५ घर भई काठमाडौं काँडाघारी बस्ने २२ वर्षीय लोकेन्द्र मग्राती र सिन्धुली तीनपाटन गाउँपालिका-५ घर भई काठमाडौं काँडाघारी बस्नेत २५ वर्षीय अमित जैरु घाइते भई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको उनले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij