Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

परराष्ट्रमन्त्री साउद मंगलबार अजरबैजान जाने

परराष्ट्रमन्त्री साउद मंगलबार अजरबैजान जाने

  • 241
    SHARES
  • परराष्ट्रमन्त्री साउद मंगलबार अजरबैजान जाने

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद अजरबैजानमा हुने असंलग्न आन्दोलनको समन्वय ब्युरोको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

    अजरबैजानको बाकुमा यही असार १८ देखि २१ गतेसम्म ‘असंलग्न आन्दोलन : उदीयमान चुनौतीहरूको सामना गर्न एकताबद्ध र अटल’ भन्ने नाराका साथ हुन गइरहेको बैठकलाई उनले असार २० गते सम्बोधन गर्ने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

    भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अजरबैजान सरकारका उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्नुका साथै विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँगसमेत भेटवार्ता गर्ने कार्यक्रम छ ।

    उनी असार २३ गते स्वदेश फर्किने छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij