Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

बाढी पहिरोबाट भएको क्षतिबारे सांसदद्वारा सरकारको ध्यानाकर्षण

बाढी पहिरोबाट भएको क्षतिबारे सांसदद्वारा सरकारको ध्यानाकर्षण

  • 167
    SHARES
  • बाढी पहिरोबाट भएको क्षतिबारे सांसदद्वारा सरकारको ध्यानाकर्षण

    काठमाडौं । राष्ट्रिय सभाका आजको बैठकमा सांसदहरूले बाढी पहिरोका कारण देशभर क्षति बढ्न थालेपछि क्षति न्यूनिकरणका लागि काम गर्न सरकार समक्ष माग गरेका छन ।

    सांसद गोपाल भट्टराईले रूपन्देहीमा तिनाउ नदीले खतराको चिन्हपार गरेकाले सरकारको ध्यानाकर्षण गराए । सांसद जगप्रसाद शर्मा, तारामान स्वाँर, तुलसाकुमारी दाहाल, भगवती न्यौपाने, मृगेन्द्रकुमार सिंह यादव, शारदादेवी भट्ट, बिमला घिमिरे, शेखरकुमार सिंह, सुमित्रा बिसीले मुग्लिन-नारायणगढ सडकको विकल्प खोजिनुपर्नेमा जोड दिए ।

    बाढी पहिरोले सातै प्रदेशमा धेरै क्षति भइसकेको उल्लेख गर्दै उनीहरूले अझै यसमा सरकारले तत्काल ध्यान दिन माग गरे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij