Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

एसइई उत्तीर्णलाई रुचिको आधारमा विषय छनोट गर्न ओलीको सुझाव

एसइई उत्तीर्णलाई रुचिको आधारमा विषय छनोट गर्न ओलीको सुझाव

  • 200
    SHARES
  • एसइई उत्तीर्णलाई रुचिको आधारमा विषय छनोट गर्न ओलीको सुझाव

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्ने विद्यार्थीलाई बधाई दिएका छन् ।

    उनले आज सामाजिक सञ्जालमार्फत एसइईको परीक्षामा सर्वोत्कृष्टसहित विभिन्न ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीलाई बधाई दिए ।

    अध्यक्ष ओलीले एसइई उत्तीर्ण विद्यार्थीलाई अबको पढाइमा विषय छनोट गर्दा अहिले प्राप्त गरेको अंकको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा गर्न सुझाव दिए ।

    ‘शिक्षामा आफूले छनोट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस् । जीवनका सम्पूर्ण परीक्षा सफल होउन्, उत्तरोत्तर प्रगतिको कामना ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij