Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बाढीपीडितको उद्धार र राहतलाई प्रभावकारी बनाउन विपक्षी गठबन्धनको आग्रह

बाढीपीडितको उद्धार र राहतलाई प्रभावकारी बनाउन विपक्षी गठबन्धनको आग्रह

  • 1.2K
    SHARES
  • बाढीपीडितको उद्धार र राहतलाई प्रभावकारी बनाउन विपक्षी गठबन्धनको आग्रह

    काठमाडौं । विपक्षी गठबन्धनले बाढी र पहिरोपीडितको उद्धार तथा राहतमा लाग्न सरकारसमक्ष माग गरेको छ । सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चासहितको विपक्षी गठबन्धनले बाढी, पहिरो, डुबानपीडित नागरिकको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको हो ।  

    कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एमालेबाट निष्काशित वरिष्ठ नेता माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी सांसद दुर्गा पौडेलले संयुक्त वक्तव्य जारी गर्दै बाढी, पहिरो र डुवानबाट पीडित जनतालाई आवास, खाद्यान्न लगायतका राहत प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउँदै यस्तो माग गरेका हुन् ।

    ‘इमानदारी, तदारुकता र पारदर्शी रुपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गर्दछौं’ विज्ञप्तिमा उल्लेख छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij