Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

एसइईमा उत्कृष्ट अंक प्राप्त गरेका तीन विद्यार्थीलाई ५० हजार रूपैयाँ पुरस्कार

एसइईमा उत्कृष्ट अंक प्राप्त गरेका तीन विद्यार्थीलाई ५० हजार रूपैयाँ पुरस्कार

  • 249
    SHARES
  • एसइईमा उत्कृष्ट अंक प्राप्त गरेका तीन  विद्यार्थीलाई ५० हजार रूपैयाँ पुरस्कार

    काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले पालिकाभित्रबाट माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अंक ल्याउन सफल तीन जनालाई नगद ५० हजारका दरले पुरस्कार वितरण गरेको छ ।

    पालिकाले रोशी-६ स्थित हरिसिद्धि माविबाट ३.७० जिपिए प्राप्त गरेका प्रशान्त तामाङ र वडा नं ११ स्थित पोक्रा माविबाट ३.५५ जिपिए प्राप्त गरेका छात्राहरू संगीता राय र हिमानी तामाङ गरी तीन जनालाई प्रोत्साहनस्वरूप रकम वितरण गरेको हो ।

    गाउँपालिका अध्यक्ष दिनेश लामाले तीन जनालाई जनही ५० हजारको चेक हस्तान्तरण गरेको हो । पालिकाले एसइई परीक्षामा उत्कृष्ट अंक ल्याएर उच्च शिक्षा अध्ययन गर्न प्रोत्साहन गर्ने उद्देश्यले सो रकम वितरण गरिएको उनले बताए ।

    रोशी गाउँपालिकाले लिएको नीतिअन्तर्गत शिक्षकको कार्यसम्पादन मूल्यांकनलाई विद्यार्थी सिकाइ अभिवृद्धिसँग आबद्ध गरी आधारभूत र माध्यमिक तहको सिकाइ उपलब्धिका आधारमा उत्कृष्ट विद्यार्थी तथा शिक्षक छनोट तथा सम्मान कार्यक्रम गर्दै आएको छ ।

    सोअन्तर्गत निरन्तरता दिँदै आएको प्रोत्साहन रकम वितरणलाई यस वर्ष पनि निरन्तरता दिइने पालिकाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # एसइई

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij