वेबटिभी खबर
काठमाडौं । नेपाल समाजवादी पार्टीले ‘अबको राष्ट्रको संकल्प, समाजवादी विकल्प’ भन्ने नारासहित आजदेखि संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गरेको छ ।
उक्त अभियान पुससम्म चल्ने नेसपाका केन्द्रीय पदाधिकारीहरूले सातै प्रदेशमा वृक्षारोपण गरी उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
अभियानको कोशी प्रदेशमा उपाध्यक्ष हिसिला यमी, मधेस प्रदेशमा अध्यक्ष महिन्द्र राय यादव, बाग्मती प्रदेशमा सहअध्यक्ष गंगानारायण श्रेष्ठ, गण्डकी प्रदेशमा अध्यक्ष डाक्टर बाबुराम भट्टराई, लुम्बिनी प्रदेशमा सहअध्यक्ष गोविन्द चौधरी, कर्णाली प्रदेशमा भक्तबहादुर शाह र सुदुरपश्चिम प्रदेशमा उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा अभियान सन्चालन हुने नेसपाले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij